भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
काठमाडौं, २५ असार । बिहीबार नेपाली जामे र कश्मीरी मस्जिद अगाडिको सडकमा सवारी निषेध थियो । दरबारमार्ग संस्कृत छात्रावासदेखि रत्नपार्कसम्मको क्षेत्रमा बर्दिधारी प्रहरीको बाक्लो उपस्थिति थियो ।
छात्रावास, त्रिचन्द्र क्याम्पस, कमलादी मोड, रत्नपार्कका चार कुनामा सादा पोसाकमा उत्तिकै सुरक्षाकर्मी खटिएका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
मस्जिद वरिपरि स्थानीय प्रहरीसँगै आतंकवाद हेर्ने नेपाल प्रहरीको विशेष ब्युरोसँगै सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति खटिएका थिए । विशेष कार्यदलमा एक टोली बोलावट आएसँगै तत्काल खटिनसक्ने गरी तयारी अवस्थामा थियो ।
यो सतर्कताको उद्देश्य इद उल फित्रमा प्रार्थनाका लागि मस्जिद आउने सर्वसाधारणको आवतजावत सहज बनाउने त थियो नै, अन्तर्राष्ट्रिय आतंकवादी आक्रमणको बढदो त्रासलाई लिएर सतर्कता पनि थियो । चारै कुनामा प्रहरीसँगै ब्युरो र विभागका कर्मचारी खटिएका थिए ।
युरोप, अमेरिकालगायत क्षेत्रलाई हायलकायल पारे पनि नेपालमा आतंकवादी संगठनहरू आईएस र अलकायदाको प्रत्यक्ष प्रभाव देखिएको छैन । तर, इदको समयमा साउदी अरबको मदिनामा रहेको मस्जिददेखि इराक र बंगलादेशका मस्जिद लक्षित आक्रमणका घटना भएपछि नेपालका सुरक्षा संगठन झस्किए । काठमाडौंसँगै नेपालगन्ज, वीरगन्जलगायत मुख्य सहरका मस्जिदहरूमा बिहीबार गरिएको सुरक्षा प्रबन्ध त्यही झस्काईको परिणाम थियो ।
‘खतरा मूल्यांकन र विश्लेषणमा तत्काल बंगलादेशझैं आतंकवादी आक्रमणको खतरा नदेखिए पनि कार्यशैलीले चुनौती बढायो,’ नाम उल्लेख गर्न नचाहने एक उच्च प्रहरी अधिकारीले भने, ‘सम्भावित चुनौती सामना र नियन्त्रणका लागि मूल्यांकन र विश्लेषणमा हामी केन्द्रित छौं ।’
सिरिया र इराकबाट सुरु भएको आईएसरूपी आतंकको लप्का उच्च सुरक्षा सतर्कता अपनाइएका युरोपियन–अमेरिकन मुलुक भित्रिसक्यो । दक्षिण एसियाली मुलुक अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, बंगलादेश र भारतमा आईएसको प्रभाव पुगिसकेको मानिन्छ ।
२० जनाको ज्यान जाने गरी ढाकाको गुलसनमा भएको आक्रमणको घाउ आलै हुँदा बिहीबार ढाकाकै किशोरगन्जमा पुन: ४ जनाको ज्यान जाने गरी दोस्रो आक्रमण भयो । सन् २०१४ को मध्यबाट जारी हिन्दु पण्डित र विदेशी नागरिकको हत्या घटनाले बंगलादेशमा आईएसजस्ता कट्टरपन्थी समूहहरूको पकड बढदै गएको देखिन्छ ।
पाकिस्तान, माल्दिभ्स र भारतका युवा भर्ती भएर आईएसका लडाकु बनेका तथ्य सार्वजनिक भइरहेका छन् । भारतको नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए) को सन् २०१५ को रिपोर्टअनुसार ४० जना भारतीय नागरिक आईएसको सम्पर्कमा देखिएका थिए ।
संलग्न देखिएका २४ पक्राउ परे, ६ युवा आईएसको लडाकु बन्न इराक तथा सिरिया पुगे र विभिन्न घटनामा मारिए । पछिल्लो समय आईएस सामाजिक सञ्जालमार्फत चिनियाँ मुस्लिम युवा भडकाउने अभियान सक्रिय भएको छ ।
सुरक्षाविद् दीपकप्रकाश भट्ट नेपाल र भुटानबाहेक दक्षिण एसियाका सबै देशमा आईएसको उपस्थिति देखिएको बताउँछन् । बंगलादेशमा आईएसको सशक्त उपस्थिति हुनु, भारतमा सक्रिय सदस्य देखिनु र आईएस चिनियाँ मुस्लिम युवातिर केन्द्रित हुँदा नेपालमा पनि जोखिम बढेको उनको विश्लेषण छ ।
विमान अपहरणदेखि सेल्टरसम्म
प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभागको सूचना संकलन, मूल्यांकन र खतराको विश्लेषणमा नेपालमा आईएससम्बद्ध संगठन र सहयोगी देखिएका छैनन् । भारत, बंगलादेशमा पक्राउ परेका आईएस र अलकायदाका सदस्यबाट पनि नेपालसम्बन्धी कुनै योजना खुलेको छैन ।
अमेरिकाको स्टेट डिपार्टमेन्ट, भारतको एनआईए र इन्टेलिजेन्स ब्युरो (आईबी) लगायतबाट आएको आतंकवादसम्बन्धी अलर्टमा आतंकवादीले नेपाली भूमि प्रयोग गर्न सक्ने जोखिम उल्लेख भए पनि उपस्थिति औंल्याइएको छैन ।
‘प्रभाव कम हुने र यहाँ संगठन नभएकाले गतिविधि गर्न बाहिरबाटै मान्छे ल्याउनुपर्ने भएकाले नेपालमा आतंककारी आक्रमणको सम्भावना कम छ, तर के हुनसक्छ यकिनका साथ भनिहाल्न सकिन्न,’ एक अनुभवी सुरक्षा अधिकारीले टिप्पणी गरे ।
dainiknepal

Post a Comment