भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेता भन्नुभएको छ ।
व्यवस्थापिका संसदमा प्रस्तुत अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिइसकेर संसद भवनबाट राजीनामा घोषणा गर्नुभएका ओलीसँग हात मिलाउँदै प्रचण्डले राजनेता भनेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको च्याम्बरमा पुगेर आगामी दिनमा पनि सहकार्य हुने अपेक्षा गरेको भन्नुहुँदै प्रचण्डले ‘तपाईंले असल राजनेताको परिचय दिनुभएको छ । आगामी दिनमा पनि सहकार्य हुने विश्वास लिएका छौं भन्नुभयो ।’ प्रचण्डको भनाई उद्धृत गर्दै अधिकारीले भन्नुभयो ।
प्रधानमन्त्रीले राजीनामा घोषणा गरेपछि संसदमा उहाँसँग सामुहिक फोटोसेशन भएको थियो । प्रचण्डसँगै माओवादीका मन्त्रीहरु, कांग्रेसका नेताहरु र एमालेका नेताहरुले क्रमश सामुहिक फोटो खिचाएका थिए ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top