भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
पछिल्लो समय माओवादी केन्द्र राष्ट्रिय सहमतिको सरकार बनाउन कम्मर कसेर लागेको थियो । तर, त्यो प्रयास सफल नभएपछि माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैं मन्त्रिमण्डल हेरफेर तथा विस्तार गर्न सहमत भएको हो ।
अब उसले तत्काल सरकार छाड्नेछैन् । बरु सरकार ढाल्नुपर्ने पक्षमा उत्रिएका पार्टीका नेताहरुलाई सरकारमा पठाउने र केही मन्त्रीलाई फिर्ता बोलाउने तयारी थालेको छ ।
जसअनुसार माओवादीले उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री शक्ति बस्नेत र आपूर्ति मन्त्री गणेशमान पुनलाई फिर्ता बोलाउने गृहकार्य सुरु गरेको छ । र सरकार ढाल्ने कसरतमा लागेका कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभु साहलाई सरकारमा पठाउनेबारे आन्तरिक छलफल तीव्र पारेको एक नेताले जानकारी दिए ।
यसैविषयमा छलफल गर्न आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बैठक पनि बसेको थियो । उक्त बैठकमा कुनै निर्णय हुन नसकी भोली ७ बजेसम्मका लागि स्थगित भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
यता माओवादी प्रवक्ता पम्फा भुसालले लाजिम्पाटमा बसेको बैठकले सरकारबारे प्रधानमन्त्रीसँग थप परामर्श गर्ने निर्णय भएको जानकारी दिइन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment