भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, असार २८- प्रचण्डको धार्मिक आस्था र जन्मकुण्डलीका आधारमा ज्योतिषले उनको राजनीतिक भविष्यवाणी गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीलाई विस्तापित गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनलान वा नबनलान भन्ने विषय अहिले प्रत्येक चिया पसल देखि घरघर सम्म चर्चाको विषय बनेको छ ।
के प्रचण्ड साच्चै आफ्नो ग्रहदशा अनुसार प्रधानमन्त्री बन्न सक्लान त रु प्रचण्डलाई के कस्ता ग्रहदशा लागेको छ त यति बेलारु प्रचण्डलाई प्रधानमन्त्री बन्न केले रोक्ला जस्ता प्रश्नको जबाफ दिएका छन् एबिसि टेलिभिनबाट प्रसारण हुने ज्योतिषको भविष्यवाणीका प्रस्तोता ज्योतिष कृष्ण भण्डारीले ।
प्रचण्ड माङ्गलिक भएका कारण उनलाई पत्नि र सन्तानबाट थोरै मात्र सुख प्राप्त हुने ज्योतीष बताउँ छन् । जुनकुरा छोराका कारण प्रचण्डले तनाव झेल्नु परेको कुरा ताजै छ ।
उनको कुण्डली केलाउदा ज्योतिषले लग्न स्वामी मित्रघर र केन्द्रमा रहनुका साथै वुधादित्य योग देखीन्छ । जसले उनी परक्रमी रहेको ज्योतिषको तर्क छ । ज्योतिष कृष्ण भण्डारीका अनुसार प्रचण्डको जन्म कुण्डली सिम्ब लग्न, राशी मिथुन, पराक्रममा शुक्र९शनी, एकादशमा चन्द्रमा, दुवादशमा बृहस्पती, चतुर्थमा सूर्य बुदा, पंचममा राहु, सप्तममा मंगलको अवस्था रहेको बताएका छन् ।
प्रचण्डको लग्न हेर्दा उनी बुद्धिमान व्यक्ति देखिनुका साथै उनको कुण्डलीमा राज योग रहेको बताउँछन् ज्योतीष । त्यसो त उनी पराक्रमी र हक्की नेताका रुपमा समेत नेपाली राजनीतिमा परिचित छन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top