भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्र र जनतामा केन्द्रीत मुद्दाको सम्मान गर्न सक्ने बढीमा २५ सदस्यी मन्त्रिपरिषद गठन गर्न पार्टीभित्रै नेताहरुले सुझाव दिएका छन्।
प्रचण्डले आफ्नो नेतृत्वमा गठन हुने भावी सरकारको संरचना र त्यसमा पार्टीको प्रतिनिधित्वका लागि विशेष गृहकार्यको जिम्मेवारी महासचिव कृष्णबहादुर महरालाई दिएका छन्। यसअनुसार महराले पार्टीको नेतृत्वसँग अनौपचारिक परामर्श थालेको जानकारी स्रोतले दियो ।
महराले गृहकार्यको आधार संविधान कार्यान्वयन, शान्ति सम्झौताअन्तर्गत द्वन्द्वकालीन मुद्दाको निरुपण, सक्षम र प्रभावकारी संक्रमणकालीन न्याय र जनमुखि दृष्टिकोण राखेका छन् ।
प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदाको ९ महिने कार्यकालको समीक्षासमेत गरिरहेको स्रोतले बतायो । पहिलो पटक उनी २०६५ भदौ २ देखि २०६६ जेठ ११ गतेसम्म प्रधानमन्त्री भएका थिए ।ratopati

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top