भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

असार २३, कोरला। चीनसँग सीमा जोडिएको कोरला नाकाको अवलोकन र वस्तुस्थिति अध्ययन गर्न पूर्वप्रधानमन्त्री माधव नेपाल सहितको सरकारी टोली बिहीबार सीमा क्षेत्रमा पुगेको छ। टोलीले चीनसँग व्यापारिक कारोबारका लागि सहज मानिएको कोरला नाकासम्मको पहुँच मार्ग, सुरक्षा व्यवस्था, भन्सार कार्यालयको व्यवस्थापन र स्थानीयबासीसँग छलफल गर्नेछ।
पूर्वप्रधानमन्त्री सहितको सरकारी टोली सडक मार्ग हुँदै कोरला नाका पुगेका हुन्। टोलीमा पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता नेपाल, उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार, भीम रावल, टोपबहादुर रायमाझी, अर्थराज्यमन्त्री दामोदर भण्डारी, सडक विभागका महानिर्देशक माधब कार्की, रक्षा सचिव महेश दाहाल, मुस्ताङका सांसद श्रीमाया थकाली, महेन्द्र शेरचन र रोमी गौचन लगायत छन्।
सरकारले नाकामा कारोबारका लागि स्थापना गरेको नेचुङ भन्सार आवश्यक भौतिक पूर्वाधारको अभावमा सदरमुकाम जोमसोमबाट सञ्चालन हुदै आएको छ।टोलीले लोमान्थाङ क्षेत्रमा नेपाली सेनाको क्याम्प स्थापनाका लागि आवश्यक जग्गा छनौट गर्नुका साथै सुरक्षाको अन्य प्रबन्ध समेत मिलाउने बुझिएको छ । त्यसका लागि भीमदल गण जोमसोमका गणपति अर्जुन बस्नेत बुधबार नै लोमान्थाङ पुगेका छन्।
अहिले ९३ किलोमिटर जोमसोम–कोरला सडकको स्तरोन्नतिको काम भइरहेको छ । टोली बिहीबार नै सदरमुकाम फर्कने जनाइएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment