असार ३१, काठमाडौं। अनशनको पाँचौ दिन बिहीबार केसीलाई भेट्न त्रिवी शिक्षण अस्पताल पुगेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने बाहेक अधिकांश मागप्रति आफ्नो समर्थन रहेको बताएका छन।
भट्टराईले कुनै एक व्यक्तिको पछि लाग्नुभन्दा पनि पहिलेदेखि उठाउँदै आएका प्रमुख माग र यसअघि भएका सम्झौता कार्यान्वयन गर्न डट्नुपर्ने बताए । चिकित्सा शिक्षाको मुख्य मागमा भने आफूहरुले पनि साथ दिनुपर्छ भन्ने बुझाई रहेका छन् ।
Post a Comment