भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन १, काठमाडौँ । अंग्रेजी र लोकदोहोरीमध्ये कुन गीत बजाउने भन्ने विवादमा ललितपुरको देवीचौरमा बिहीबार राति गोली चलेको छ ।वैवाहिक कार्यक्रममा एउटै गाउँ वरपरका आफन्त भए पनि गीत बजाउने निहुँमा भरुवा बन्दुक पड्कँदा स्थानीय प्रवेश तामाङ घाइते भएका छन् ।देवीचौरका मनिक थिङले प्रवेशलाई भरुवा बन्दुक प्रहार गरेका थिए । दोहोरो भिडन्तमा सोनाम तामाङ र सूर्य तामाङसमते घाइते भएको छन् ।

मनिकाको मूहका राजकुमार थिङ, विशाल थिङ र अमित थिङलगायतले तरबारसमेत प्रहार गरेका थिए । प्रहरी टोलीले घटनामा प्रयोग भएको एक थान भरुवा बन्दुक, एक थान तरबारसहित २० जनालाई नियन्त्रणमा लिएको छ ।-अन्नपूर्ण पोष्ट

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top