भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, २५ असार । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको उपचारका लागि भारतको दिल्लीबाट चिकित्सक टोली काठमाडौं आइपुगको छ ।

थप उपचारका लागि भारतीय चिकित्सकको एक टोली काठमाडौं आइपुगेको छ ।

एक्कासी बिरामी भएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएका कोइरालाको थप उपचारका लागि परिवारको आग्रहमा भारतबाट चिकित्सकको टोली आइपुगेको बताइएको छ ।aya

भारतको प्रसिद्ध अस्पताल अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेज एम्सबाट डाक्टरको टोली कोइरालाको उपचारका लागि काठमाडौं आएको हो ।

मंगलबार राती एक्कासी विरामी भएपछि अस्पताल ल्याइएका कोइराला बुधबार विहानबाट अचेत थिए । भेन्टिलेटरमा राखेर उपचार गरिएको कोइरालाको क्रमिक रुपमा स्वास्थ्यमा सुधार आएको चिकित्सकहरुले बताएका छन् ।

गम्भीर रहेको कोइरालाको स्वास्थ्यमा आएको सुधारलाई चिकित्सकहरुले चामत्कारिक सुधार भनेका छन् ।khabardabali

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top