भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

असार ३०,काठमाडौँ। नेपालमा गत वर्ष बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प सेलाउन नपाउँदै शोधकर्ताहरुले बंगलादेश र भारतमा ९ रेक्टरको महाभूकम्प जाने ठोकुवा गरेका छन् ।

बंगलादेश भूमिमा दुई वटा टेक्टोनिक प्लेट्सको जोडिएका फल्टमा तनाव बढीरहेको नयाँ अनुसन्धानले देखाएको छ ।

नदीले बनाएको विश्वकै सबैभन्दा ठूलो डेल्टामै पर्ने उक्त टेक्टोनिक सीमानामा दुई प्लेट एक–अर्कामा धसिने प्रक्रियामा रहेको र यसले पृथ्वीकै सबैभन्दा विनाशकारी भूकम्प निम्ताउन सक्ने शोधकर्ताहले बताए ।

अहिलेसम्म वैज्ञानिकहले भारत, हिमाली क्षेत्र तथा दक्षिणपूर्वी एसियामा आउने गरेका भूकम्प तथा भौगर्विक गतिविधिबाट मात्र बंगलादेश प्रभावित भइरहेको सोच बनाइरहेका थिए ।

तर, बंगलादेश भूमिभित्र प्लेटह जोडिरहेका सीमामा तेर्सो धसिने क्रममा रहेको छ । सतहको भूमि विचलनको नयाँ विश्लेषणले उक्त सीमा क्षेत्रमा ढसिने प्रक्रियामा रहेको प्रमाणित भएको जनाइएको छ ।

नयाँ फेला परेको धसिने क्रममा रहेको क्षेत्र दक्षिण एसियाको ठूलो हिस्सालाई छुट्याउने टेक्टोनिक सीमाको हिस्सा भएको अध्ययनले देखाएको छ ।

भारतीय र हिन्द महासागर प्लेट जोडिएको स्थान अर्थात फल्टहमा जटिल संरचनाह बनाइरहेका छन् । पछिल्लो परिमार्जित शोधले अहिले हुन लागेको दुई प्लेटबीचको ठोक्काई बंगलादेश भूमिभित्र हुने र यसले एसियन प्लेटलाई घडीको सुई घुम्ने दिशामा धकेल्ने जनाएको छ ।

प्लेटहको यो जुधाईबाट उत्पन्न हुने कम्पनको प्रभाव म्यान्मारमा पनि पर्नेछ । तर, पछिल्लो अनुसन्धानले भने टेक्टोनिकमा देखिएको दबाबमध्य बंगलादेशमा पर्ने फल्टमा अत्यधिक देखिएको शोधकर्ताहले बताए ।

उक्त भूकम्पले करिव १४ करोड मानिसलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने अनुसन्धानकर्ताहरुले जनाएको छ ।गंगा र ब्रम्हपुत्र नदी मुनि करिव १२ किलोमिटर तल सम्म रहेको हिलो यस्तो जोडले हल्लिने छ जसले त्यस आसपासका घरहरु, सडकहरु र मानिसहरुलाई ठूलो क्षति पुर्याउने कुरा अध्ययनमा संलग्न सहलेखक तथा ढाका विश्वविध्यालका भूगर्भविद सैयद हुमायून अख्तर ले रिपोर्टमा उल्लेख गरेका छन्।

उक्त भूकम्पबाट करिव ६२ हजार वर्ग किलोमिटर सम्म जोखिम पुर्याउने अनुमान गरिएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top