भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
पतिपत्नी को बिच कहिल्यै अविश्वास हुनु हुन्न । यदी कुनै कुरामा शंका छ भने दुबैले एक आपसमा निर्धक्क भएर खुलेरै कुरा गर्नुपर्छ र त्यस बिषयमा कुनै कसर बाँकी राख्नु हुँदैन । किनकी शंकाले लंका जल्छ भने जस्तै त्यसैले घरै बिग्रन सक्छ । पति पत्नि बीचको नाता टुट्न सक्छ । वैवाहिक जीवन असफल बन्न सक्छ । यस सम्बन्धमा रामचरित्र मानसमा उल्लेख भएको शिव पार्वतीको एक प्रसंग छ ।
जुन यसप्रकार छ पार्वतीले मानिनन् शिवजीको कुरा श्रीरामचरित मानसको बालकाण्डमा शिव र पार्वतीको एक प्रसंग छ । शिव र पार्वती अगस्त ऋषिको आश्रममा राम कथा सुन्न गएका थिए । अगस्त शिवका शिष्य पनि हुन । श्रीराम, शिवका आराध्य देव हुन । पार्वतीलाई यो अलिकती अनौठो लाग्यो । कथामा ध्यान भएन पुरै समय सोच्दा सोच्दै विताए कि शिव जो तीनै लोकको स्वामी मानिन्छन् उनी श्री रामको कथा सुन्नलाई आइरहेका छन् ।
कथा समाप्त भयो शिव र पार्वती फर्कन लागे । जुन समय रावणले सीताका हरण गरेको थियो र श्रीराम सीताको वियोगमा दुःखी थिए जंगलमा घुमी रहेका थिए । पार्वतीलाई आश्चर्य भयो । जसलाई शिव आफ्नो आराध्य भन्छन् उही एक स्त्रीको वियोगमा साधारण मानिस झैं रोइरहेको छ । पार्वतीले शिवको सामु यो प्रश्न राखिन त्यसपछि शिवले सम्झाए कि यो त सब उनैको लिला हो । भ्रममा नपर तिमी, तर पार्वतीले मानिनन् । उनले श्री रामको परिक्षा लिन चाहिन । शिवले रोके, तर पार्वतीलाई कुनै असर परेन ।
उनले सीताको रुप धारण गरेर श्री रामको अगाडी पुगीन् । श्री रामले पार्वतीलाई चिनीहाले र भने माता तपाई एक्लै यो जंगलमा के गरिरहनु भएको ? शिवजी कहाँ हुनुुहुन्छ ? पार्वती एकदम डराइन् र चुपचाप केही नबोली शिवजी भएको ठाउँमा फर्किइन् । शिवजीले सोधे पार्वतीले केही जबाफ दिन सकिनन् । शिवले सब देखिसकेका थिए कि पार्वतीले सीताका रुप बनाएकी थिइन् । जुन रामलाई उनले आप्mनो आराध्य देव मानका थिए उसैको पत्निको रुप पार्वतीले बनाएकी थिइन् । शिवले मन पार्वतीलाई त्याग गरिदिए ।
पार्वतीले पनि यो कुरा बुझेर दक्षको यज्ञमा गएर आत्मदाह गरी दिईन् । यो प्रसंगले के बताउँछ भने पती पत्नीमा यदी थोरै पनि अविश्वास भयो भने नाता तोडिन कत्ति बेरलाग्दैन । कयौ पटक पत्नी–पतिको र पति–पत्नीको कुरामा विश्वास गर्दैनन् । नतीजा नाता सम्बन्ध विग्रँदै जान्छ । गृहस्थीलाई सुखले चलाउनु छ भने पति–पत्नीलाई एक अर्काको आस्था र निष्ठामा भरोसा गर्नुपर्छ । अविश्वासले तनाब पैदा गर्छ र तनावको कारणले दुरी बढ्छ । आÏनो सम्बन्ध जोगाई राख्न दिगो राख्न एकले अर्कोमाथि भरोसा गर्नु पर्छ । होइन भने यसको परिणाम गम्भीर हुन्छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment