भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, २ साउन । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद कुनै पनि हालतमा विघठन नहुने बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेम्वाङले प्रधानमन्त्री केपी ओलीले संसद विघठन नगर्ने दाबी गर्नुभयो । ‘प्रधानमन्त्री केपी आलीले संसद कुनै पनि हालतमा विघठन गर्नु हुँदैन’, उहाँले भन्नुभयो, ‘संसद विघठनको एक अशं पनि सोँच्न सकिँदैन ।’16
प्रधानमन्त्री ओलीले संसद विघठन गर्ने चर्चा चलिरहेका बेला एमाले संसदीय दलका उपनेता नेम्वाङले यो चर्चालाई खारेज गरिदिुनभएको हो ।
प्रधानमन्त्री ओलीले संसदमा अविश्वासको प्रस्ताव फेस गर्ने बताउँदै नेम्वाङले भन्नुभयो, ‘संविधानलाई एमालेले पालना गर्छ । अविश्वासको प्रस्ताव फेस हुन्छ ।’
‘अविश्वास प्रस्ताव पास भयो भने मात्रै प्रधानमन्त्री कामचलाउ बन्नु हुन्छ’, नेम्वाङले भन्नुभयो, ‘अहिले त उहाँले काम गर्न पाउनु हुन्छ ।’
सरकार गठनका विषयमा केही अप्ठ्याराहरू रहेको नेम्वाङको भनाइ छ । ‘नयाँ सरकार बनाउन केही व्यवधान छन् । त्यसलाई दलहरू मिलेर छलफल गर्नुपर्छ । र मिलाउनु पर्छ’, उहाँले भन्नुभयो ।
dainiknepal

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top