भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौँ ४ साउन । मनसुनी रेखा नेपाल नजिक आइपुगेकाले देशका पूर्वी र पश्चिमी भागमा अझै केही दिन भारी वर्षा हुने मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका पदाधिकारीले लगातारको वर्षाले पूर्व र पश्चिमका ठूला नदीमा पानीको मात्रा बढ्ने भएकाले सतर्क रहनसमेत सुझाएका छन् ।

‘शनिवारदेखि मनसुनी रेखा पाकिस्तानको मुल्तान र बंगालको पूर्वी उत्तरबाट नेपालको सीमातिर सरेको छ,’ मौसमविद् मीनकुमार अर्यालले भने, ‘जब यो रेखामाथि आउँछ, तब मनसुन सक्रिय हुन्छ र भारी वर्षा हुन्छ ।’

‘पाँच दिन सक्रिय भएपछि यो रेखा आफै तल झर्छ,’ उनले भने, ‘तल झरेपछि मनसुन पनि निष्क्रिय हुन्छ र पानी रोकिन्छ ।’ लगातारको वर्षासँगै पूर्वमा कोसी, पश्चिममा कर्णाली र महाकाली नदीमा पानीको मात्रा बढेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top