भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

सरकारले आज काठमाडौं उपत्यकाका बधशालाहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा काठमाडौं उपत्यकाका वधशाला निकै फोहोर र अव्यवस्थित हुने गरेको भेटिएको छ ।
सरकारी अनुगमन टोलीले आज बिहान सतुंगलको एक बधशालामा किरा परेको मासु बेच्ने गरेको फेला पारेको जनाएको छ । मोजमिल मिट सेन्टर नाम गरेको बधशालामा रोगी पशुको मासु बेच्ने गरेको र मासुमा किरा समेत परेको भेटिएको हो । बधशालामा निकै फोहोर र दुर्गन्ध भेटिएकाले उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुने गरेको अनुगमन टोलीले ठहर गरेको छ ।
अनुगमन टोलीले सो वधशालाका सञ्चालक सेभ मोहमदलाई २ घण्टाभित्र बधशाला सफा गर्न निर्देशन दिएको थियो । गुणस्तर तथा नापतौल विभाग, पशु विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभाग, वाणिज्य मन्त्रालय, उपभोक्त मञ्च र पत्रकारको टोली अनुगमनका क्रममा राजधानीका विभिन्न मासु पसलको अनुगमनमा गएको हो ।
विभागले साताव्यापी रुपमा जनस्वास्थ्यसँग सरोकार राख्ने विभिन्न क्षेत्रमा अनुगमन गर्दै आएको छ । सोही क्रममा आज राजधानीका मासुपसल तथा बधशालामा अनुगमन गरेको हो । सरकारले साउन १ गतेदेखि बधशाला सञ्चालन गर्न नदिने निर्णय यसअघिनै गरिसकेको छ । सरकारी अनुगमन टोलीले केही दिनदेखि बजार अनुगमनलाई तीव्र बनाएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top