भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
२६ असार– श्री ३ मोहन शमशेर प्रधानमन्त्री छँदा भए पनि १९५० को सन्धिप्रति राणाहरु पनि सन्तुष्ट थिएनन् । किनभने आफ्नो अनुकूलको सन्धिमा हस्ताक्षर नगरे अन्यथा हुने चेतावनी भारतीय पक्षले दिएपछि मोहनशमशेर यसमा हस्तक्षरका लागि बाध्य भएका थिए । ८ फागुन २००६ मा भारत भ्रमणमा गएका मोहन शमशेरलाई भारतीय पक्षले त्यही बेला सन्धिमा हस्तक्षर गर्न दबाब दिएको थियो ।
तर, ‘भारदारहरुको सम्मतिबिना सन्धिमा हस्ताक्षर गरिए कार्यान्वयन अप्ठ्यारो हुने भएकाले भारदारी सभामा राखौंला, सन्धिको मस्यौदा पठाइदिनूस्, भन्दै मोहनशमशेर उम्के ।
उनी काठमाण्डु फर्केलगत्तै भारतले सन्धिको प्रस्तावित मस्यौदा पठायो । तर, नयाँदिल्लीमा वचन दिए अुनसार मोहनशमशेरले भारतद्वारा प्रस्तावित सन्धिलाई भारदारी सभामा राखेनन् ।
त्यसपछि भारतले लगातार सन्धिमा हस्ताक्षरकालागि दबाब दिन थाल्यो । मोहन शमशेरले भारतले पठाएको सन्धिको मस्यौदालाई नेपाल अनुकूल बनाउन छोरा विजयशमशेरको नेतृत्वमा एउटा कार्यदल बनाए ।

कार्यदलले प्रस्तावित सन्धिमा राखिएका नेपाल प्रतिकूलका बुँदालाई संशोधन गरेर मात्र हस्ताक्षर गर्नुपर्ने सिफारिस गर्यो । तर, भारतीय पक्षल यसकालागि राजी भएन । कार्यदलका एक सदस्य सरदार भीमबहादुर पाँडेको पुस्तक त्यस बखतको नेपालमा उल्लेख भएअनुसार जस्ताको तस्तै सन्धिमा हस्ताक्षर नगरिए अन्यथा हुने चेतावनी भारतीय पक्षले दिएपछि मात्र मोहनशमशेर सन्धिमा हस्ताक्षर गर्न बाध्य भए । त्यसपछि १६ साउन ००७ मा सन्धिमा हस्ताक्षर भयो, सिंहदरबारस्थित ग्यालरी बैठक (प्रतिनिधिसभा भएको हल)मा । भारतका तर्फबाट राजदूत चन्द्रश्वरप्रसाद नारायण सिंहले हस्ताक्षर गरे । खासमा नेपालको स्वतन्त्र अस्तित्व नै नरहने वा आफ्नो सत्ता जाने भय देखाएर दबाबमा परेकोले सन्धिप्रति सन्तुष्ट थिएनन्, मोहनशमशेर ।
राणाविरोधी पक्ष पनि सन्धिप्रति सन्तुष्ट किन हुन सकेन भने उनीहरुले ठाने, शान्ति तथा मैत्री सन्धि गरेर भारतले राणा शासनको विरुद्धमा रहेको दरबार र नेपाली कांग्रेस पनि यो सन्धिको विपक्षमा रहे । भलै उनीहरुले औपचारिक रुपमा सन्धिप्रति असन्तुष्टि जनाएनन् । किनभने, राणा शासनविरोधी आन्दोलनमा उनीहरुले भारतको समर्थन लिनुपर्ने थियो । कम्युनिस्टलगायत शक्तिहरुचाहिँ सन्धिका कतिपय असमान प्रावधानका कारण यसको विरोधमा देखिए । नेपाल साप्ताहिकबाट
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment