भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

नवलपरासीको चोरमारामा शुक्रबार बिहान १ बजे ना ५ ख ६२७४ नम्बरको बस सडकमा रोकी राखेको लु १ ख ६७५१ नम्बरको ट्रकमा ठोकिँदा चालकसहित बसमा सवार २१ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला खज्र्याङ गाविस घर भएका २२ वर्षीय भेषबहादुर गुल्छा रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेहरूको मध्ये बिन्दु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा गम्भीर घाइते ५ लाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा झविन्द्र भापा, सुकबहादुर विक, बासना जिसी, दुमा जिसी, बेगमबहादुर सुनार, मिलन बुच्छा, ईराज थापा, केटु थापा मगर, लोकबहादु थापा, मनवीर विक, जुनकुमार परियार, अमन महतो, दोर्ण दमाई, राजेन्द्र बिक्रम सिंह, ईश्वरी काप्री, अर्जुन भट्टराई, कमल पाण्डे, देवेन्द्र खत्री, विशाल विक, असिम पोखरेल र एक जना घाइतेको नाम खुल्न सकेको छैन ।dainiknepal बाट
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment