भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
गुरु साक्षात् परम् ब्रह्मा तस्मै श्री गुरुवे नमः ।
गुरु नै ब्रम्हा गुरु नै बिष्णु गुरु नै देबताका देब शिव हुन । यस्ता परम ब्राम्हा गुरुलाइ प्रणाम ।
आज गुरु पुर्णिमा । शिक्षा, संस्कार प्रदान गर्ने आफ्ना गुरुहरुको सम्मान स्वरुप आजको दिन गुरु पुर्णिमा मनाउने गरिन्छ । हरेक मानिसको पहिलो पाठशाला घर नै हो । पहिलो गुरु गुरुआमा भनेका बाबुआमा भएपनि घरको शिक्षामात्र मानिसका लागि पर्याप्त हुँदैन ।
हरेक मानिसलाई सत्मार्ग देखाउदै शिक्षा र चेतनाले मानवमनमा नैतिकताको विकास गराउने सद्गुरुहरु प्रति आदर सत्कार स्वरुप आज विभिन्न परिकार वा उपहारहरुले सम्मान तथा स्मरण गरिदैछ । विद्यालयहरुमा शिक्षक शिक्षिकाहरुलाई विद्यार्थीले लड्डु तथा उपहारहरु दिएर पनि गुरुप्रति सम्मान प्रकट गर्दै आइरहेको पाइन्छ ।
पछिल्लो दिनहरुमा मानिसलाई शिक्षा दिनेलाई मात्र गुरु नमानेर व्यवसायिक स्तरमा समेत कर्म सिकाउने व्यक्तिलाई समेत गुरुको रुपमा कतिपयले मान्दै आएका पनि पाइन्छ ।
विशेषत ः गुरु र चेलाप्रतिको दूरीलाई नजिकियाँदै एक अर्काप्रति मायाभाव कायम राख्न पनि गुरु पूर्णिमाको महत्व रहँदै आएको छ ।
आज सामाजिक सञ्जालहरुमा समेत गुरुप्रति आदरभाव दर्शाइएका भावना, कविता तथा स्मरणयोग्य स्ट्याटसहरु पोतिएका छन् ।
मानव आफैमा एक्ले केही होइन । जन्मनु मात्रले मानव हुन कठिन छ । हरेक व्यक्तिभित्र मानवीय गुण र चरित्रहरु नभएसम्म मानव मानक भित्र दर्ज हुन सक्दैन । न त मानिस एक्लैले जीवनका यात्रालाई सहजतापूर्वक पार नै गर्न सक्छ ।
चरित्र र नैतिकताले मात्र मानिस आफ्नो जीवनभर सुखी र असल बन्न सक्छ । यिनै गुणहरु गुरुहरुले सिकाउने हुँदा उनीहरुलाई भगवानको प्रतिरुपका रुपमा समेत मानिदै आइएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment