भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

बैशाख ३१,काठमाडौँ। यदि तपाई सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ र तपाईको प्रोफाइलमा देखिएका तस्बिर तथा विभिन्न मनपर्ने स्टाटस पनि आफ्नो प्रोफाइलमा सेयर गर्नुहुन्छ भने अब सेयर गर्ने बेला तपाईले ध्यान पुर्याउनु पर्ने भएको छ। सामाजिक सञ्जालका रुपमा निकै कहलिएको फेसबुकले विस्तारलाई आफूलाई व्यवस्थित बनाउँदै प्रयोगकर्ताहरुलाई पनि निगरानी गर्न थालेको छ।
यी कुराहरु गरे फेसबुक एकाउन्ट बन्द हुनसक्छ
-जथाभावी फेसबुकमा अपलोड भएका तस्बिर सेयर गर्नुभयो भने तपाईंको फेसबुक ब्लक हुन सक्छ ।
-फेसबुकमा अपलोड भएका आतंक मच्चाउने तस्बिर सेयर भएमा फेसबुकले ७२ घण्टासम्म एकाउन्ट बन्द गर्ने गरेको छ ।
-त्यस्तै दुई सय भन्दा बढी ग्रुपमा जोडिने व्यक्तिको एकाउन्ट पनि फेसबुकले बन्द गर्दिने गरेको छ ।
-व्यक्तिगत लान्छना लाग्ने तथा कुनै व्यक्ति वा समूदायलाई गाली गर्ने खालका पोस्ट तथा कमेन्ट गरेका पनि फेसबुक ब्लक हुनसक्छ ।
-त्यस्तै तपाईंले एउटै म्यासेज तीन सय भन्दा बढी व्यक्तिलाई पठाउनुभयो वा तीनसय भन्दा बढी व्यक्तिको पेजमा सेयर गर्नुभयो भने पनि तपाईंको एकाउन्ट बन्द हुनसक्छ ।
-त्यस्तै सम्बन्धन बिनाका विद्यालय, क्याम्पस तथा संस्था भएको थाहा भएका एकाउन्ट बन्द हुनसक्छ ।
-तपाईंले कसैलाई ‘पोक’ गर्नुहुन्छ भने ध्यान दिनुहोस् । धेरै मानिसलाई पोक गर्नुभयो भने एकाउन्ट बन्द हुनसक्छ ।
-गैरकानुनी कुरा, हिसां बढाउने विषय पोस्ट गरेमा पनि एकाउन्ट बन्छ हुनसक्छ ।
-त्यस्तै पाँचहजारभन्दा बढी साथी बनाउनुभयो भने पनि तपाईंको एकाउन्ट बन्द हुन्छ ।
-आफ्नो एकाउन्टमा जथाभावी कुरा पोस्ट गरेमा तपाईंको एकाउन्ट नै बन्द हुनसक्छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment