भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
२६ असार | एक अवार्ड बिजेता बुलफाइटरको सयौं मानिसहरुबिच रिंगभित्रै मृत्यु भएको छ । डराएका दर्शकमाझ उनकी श्रीमती पनि रहेको बताइएको छ । यो यस दशकमा भएको कुनै बुलफाइटरको पहिलो मृत्यु हो ।
२९ वर्षीय विक्टर बेरिया पूर्वी स्पेनको आरेगनमा आफ्नो खेल प्रस्तुत गर्दै थिए । टिभीमा पनि उनलाई थुप्रै मानिसहरु हेर्दै थिए तर उनलाई साढेंले अचानक हमला गरे जसलाई उनले सामना गर्न सकेनन् ।
दर्शकदिर्घामा बसेकी उनकी श्रीमती राक्वेल सान्ज, श्रीमानमाथि साढेंको हमलापछि निकै आत्तिएर उठेकी थिइन् । बेरियोसँग सन् २०१४ मा विवाह बन्धनमा बाँधिएकी सान्ज आफ्नो श्रीमान् केही नचली मैदानमा पछारिएको देख्दा निकै विचलित भएको इल इस्पानोललाई उद्धृत गर्दै डेली मेलले लेखेको छ ।
बेरियोका साथीहरु उनलाई बचाउनको लागि मैदानमा भागे । अचेत बेरियोलाई अस्पताल पुर्याइयो जहाँ उनलाई डाक्टरहरुले मृत घोषित गरे ।
यो डरलाग्दो भिडियोलाई मानिसहरुले प्रत्यक्ष टिभीमा हेरे र दर्शकले यसलाई अपलोड गरेर सोसल मिडियामा पनि राखे ।
डरलाग्दो भएपनि स्पेनमा बुलफाइटिङ सामान्य छ । यो खेलको रेकर्डमा अन्तिम बुलफाइटरको मृत्यु सन् १९८५ मा भएको थियो ।- रातोपाटी
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |










Post a Comment