भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, ६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाउनेबारे व्यवस्थापिका संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ ।
विहीबार नेपाली काँग्रेसका सांसद गगन थापा र नेकपा माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठले संसदमा लोकमानविरुद्ध महाअभियोग लगाउने विषयमा छलफलको माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
कांग्रेस केन्द्रीय समिति बैठकले नै लोकमानविरुद्ध नजाने निर्णय गरिसकेका बेला नेता गगन थापा भने महाअभियोग लगाउनै कस्सिएका छन् ।
लोकमानलाई महाअभियोग लगाउन माग गर्दै डा. गोविन्द केसी अनशन बसेपछि गगन थापाले उक्त मागमा समर्थन जनाउँदै यो विषयलाई संसदमा लैजान प्रयास थालेका छन् ।dainikNepal

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top