भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

bidhya

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले अनशनरत डा गोविन्द केसीको माग र उनको स्वास्थ्य अवस्थाका बारेमा बुधबार स्वास्थ्यमन्त्री रामजनम चौधरीसँग चासो व्यक्त गरेका छन् ।

स्वास्थ्यमन्त्री चौधरीलाई राष्ट्रपति कार्यालय शितलनिवासमा बोलाएर राष्ट्रपति भण्डारीले डा केसीको अवस्थाप्रति चिन्ता व्यक्त गरेको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए ।

भेटमा राष्ट्रपतिले डा केसीको जीवनरक्षाका लागि पहल गर्न आग्रह गरेका थिए । जवाफमा मन्त्री चौधरीले माग पूरा गर्न सरकार तयार रहेको बताउँदै त्यसका लागि वार्ता टोली गठन गर्न लागिएको जानकारी दिएका थिए ।

उनले डा केसीले उठाएका अधिकांश माग सुनुवाइका क्रममा रहेको र अनशन टुङ्ग्याउन पहल भइरहेकाबारे राष्ट्रपतिलाई अवगत गराएका थिए 

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top