भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
श्रावण मासको सम्बन्ध भगवान् शिवसँग छ । यो महिनामा शिवजीको आराधना गर्दा असीम तृप्ति र आनन्द पाइने कुरा शास्त्रमा लेखिएको छ । भोलेनाथ बाबाले श्रावण महिनामा अनेकौं लीला देखाउनुहुन्छ ।
यो महिनामा गायत्री मन्त्र, महामृत्युञ्जय मन्त्र, पञ्चाक्षरी मन्त्र लगायतको जप गर्दा शुभ फलको वृद्धि हुन्छ । यो महिनामा शिवालयमा रहेका प्राणप्रतिष्ठा गरिएको शिवलिंगमा गंगाजल वा दूधले रुद्राभिषेक गर्दा शिवजी अत्यन्त प्रसन्न हुनुहुन्छ ।
यो महिनामा लघुरुद्र, महारुद्र वा अतिरुद्र पाठ गर्ने विधान छ । साउन महिनामा पर्ने सबै सोमवारमा शिवजीको व्रत गर्नु पुण्यदायी हुन्छ । श्रावणमहात्म्य र श्रीशिव महापुराणको कथा सुन्दा शिवजीलाई प्रसन्न गराएर समस्त कामना पूरा गर्न सकिन्छ । पुर्बेलीन्युजबाट
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment