भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाण्डु, २७ असार– यसबेला चीनको स्वशासित क्षेत्र तिब्बतका सुरक्षा अधिकारीहरु काठमाण्डुमा नेपाली अधिकारीहरुसँगको भेटावार्तामा व्यस्त रहेका छन् । चिनियाँ दूतावासको विशेष निमन्त्रणामा काठमाण्डु आएको भनिएको सो टीलीले केही समयपछि चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण र सुरक्षाका विषयमा छलफल केन्द्रीत गरेको बताइएको छ ।
तिब्बतको जन सुरक्षा मामिला तथा सीमा नियमन महानिर्देशक तथा उपाध्यक्ष लिउ जियाङ नेतृत्वमा आएको ६ सदस्यीय टोलीले पछिल्लो समयमा नेपाल–तिब्बत सीमामार्फत बढ्दै गइहेको भनिएको तिब्बती शरणार्थीहरुको गतिविधिमाथि पनि अध्ययन केन्द्रीत गरिरहेको श्रोतले बताएको छ ।

उनीहरुले तिब्बतमा बढ्न सक्ने तिब्बती शरणार्थीहरु लगायतका सुरक्षाका विषयमा शसस्त्र प्रहरी बलसँग समेत छलफल गर्ने कार्यक्रम मिलाएको बताइएको छ । शसस्त्र प्रहरीसँगको छलफल भने विशेषगरी सीमा सुरक्षासँग केन्द्रीत हुने पनि श्रोतले जनाएको छ ।

भूकम्पपछि बन्द भएको खासा बजार र सीमा सुरक्षाका विषयमा समेत छलफल भैरहेको बताइएको छ । नेपालमा गतवर्ष आएको भूकम्पपछि उद्धारका नाममा आएका पश्चिमी मुलुकका सेना र उसका गतिविधिप्रति पनि चीन विशेष सतर्क हुँदै आएको छ ।

नेपाल–तिब्तत सीमामा पश्चिमी मुलुकहरुको गतिविधिहरु बढेको भन्दै चीनले चिन्ता व्यक्त गरेको र काठमाण्डुसँग यो मामलाा सहकार्य गर्न समेत उ तयार रहेको बताइएको छ । काठमाण्डुदेखि नेपाल तिब्बत सीमामा तिब्बती शरणार्थीहरुको गतिविधि र अमेरिका लगायतका पश्चिमी शक्तिहरुको गतिविधिहरुलाई चीनले एउटै प्रसंगमा जोडेर विश्लेषण गर्ने गरेको छ ।
यता, नेपालको राजनीतिमा कुनै फेरबदल नभए चिनियाँ राष्ट्रपति असोजभित्र नेपाल भ्रमणमा आउने निश्चित प्रायः जस्तै भइसकेको छ । सो भ्रमणलाई समेत मध्यनजर गरेर टोलीले सुक्ष्म रुपमा सुरक्षा अध्ययन गरिरहेको श्रोतले बताएको छ

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top