मोरङ, ४ साउन, मोरङको उत्तरी गाउँबासीलाई यतिबेला निगुरो बेच्न भ्याइनभ्याई छ । पूर्वोत्तर मोरङ र पश्चिम झापाका बासिन्दाका आयआर्जनको मुख्य स्रोत यही भएकाले चैतदेखि कात्तिकसम्म वन जाने र निगुरो ल्याई बजार पुर्याउने मुख्य काम
हुन्छ । झापाको दमक, गौरादह, गौरीगञ्जदेखि मोरङको उर्लाबारी, मंगलबारे, पथरी, कानेपोखरी, बाहुनी, लक्ष्मीमार्ग लगायतका बजार आसपासका सर्वसाधारण लेटाङ र त्यस वरपरका जङ्गलमा निगुरो टिपेर बजारमा लगी बिक्री गर्छन् । वर्षको झन्डै आठ महिना यस क्षेत्रका बासिन्दाले निगुरोबाटै गुजारा चलाउने गर्छन् । भालेको डाकसँगै उठ्नु, खाजा खानु र निगुरो टिप्न जङ्गल जानू उनीहरूको दिनचर्या हो । खाजासँगै सुरु भएको दिनचर्या निगुरो बेचेर घर फर्केपछि सकिन्छ । करिब तीन सय सर्वसाधारण निगुरो व्यापारमा लागेका छन् । महिला, युवती र बालबालिकाले प्रायः निगुरो टिपेको पाइन्छ । जोखिम र झन्झटिलो भएपनि वर्षौंदेखिको पेशा भएकाले उनीहरू चटक्कै माया मार्न समेत सक्दैनन् । यही कामले आठ महिना काम गरेर वर्षभरिको दमक–१३ झापाकि भुटीदेवी सिंखडाले बताइन् । 'पतिको निधन पछि छोराछोरी हुर्काउने, पढाउने सबै जिम्मेवारी मेरै काधमा आएको थियोे ।' उनले भनिन् – 'पाँच छोराछोरीको पढाइ, खानपिन, लत्ताकपडाको बन्दोबस्तीका लागि विकल्प केही थिएन, त्यसैले निगुरो व्यापार रोजेँ ।' आम्दानीको अर्को विकल्प नहुँदा निगुरो टिपेर बिक्री गर्ने गरेको उनले बताइन् । लगानी गर्न नपर्ने पारिश्रम गरे मात्र पुग्ने भएकाले आम्दानीको राम्रो स्रोत भएको सिंखडाको भनाइ छ । उनी दैनिक सय मुठा निगुरो बेच्छिन् । चैतदेखि कात्तिकसम्ममा आठ महिना निगुरो बेचेको पैसाले वर्षभरि गुजारा चलाउँछिन् ।
Post a Comment