भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
सरकारको लोकप्रियताबाट डराएकाहरुले ‘इष्र्या प्रस्ताव’ दर्ता गराएको उनले बताए । बुधबार राजधानीमा जिफन्टको छैटौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद उदघाटन समारोहलाईसम्बोधन गर्दै ओलीले भने, ‘अविश्वासको प्रस्ताव भन्दापनि आग्रह र इष्र्या नामको एउटा प्रस्ताव दर्ता भएको छ, यो सरकार कायम रहे बुढाबुढी, बालबालिका, युवा सबै उसैको हुने भो भन्ने पिरले अविश्वास नामको चिन्ता प्रस्ताव दर्ता भएको हो ।’
कार्यक्रममा अधिकांश समय माओवादी केन्द्रविरुद्ध व्यतित गरेका ओलीले आर्थिक विधेयकलाई नियमित कार्यसूचीबाट हटाएर अविश्वासको प्रस्तावमाथि छलफलको मिति सभामुखले तोकेको भन्दै असन्तुष्टि पनि जनाए । उनले थपे,‘सभामुख समेतको मिलेमतोमा महत्वपूर्ण एजेण्डाहरु गायब पारिएको छ, संसदीय प्रणालीमा आर्थिक विधेयक रोकेर जाने, एजेण्डा गायब बनाउने र सबै राष्ट्रिय एजेण्डालाई हटाएर त्यसको हामीलाई केहि मतलब छैन भन्दै एजेण्डा गायब बनाएका छन् । भोलि एघार बजे ति एजेण्डा खोजी गर्नुपर्ने हुनसक्छ ।’
संसद मनपरी गर्ने ठाउँ होइन भन्दै उनले बलजफ्ती गरेर अगाडि नबढ्न चेतावनी दिए । ‘बलजफ्ती नगरे हुन्छ मेरो विनम्र अनुरोध छ । संसद मनपरी गर्ने ठाउँ होइन,’ प्रधानमन्त्री ओलीले भने । माओवादीले सरकार बनाउन बहुमत पु¥याउन नसकेपछि बिभिन्न स्थान चहार्दै हिँडेको भनेर ओलीले व्यंग्य पनि गरे ।
ओलीले अगाडि थपे, ‘हुल बाँधेर, दौडेर गएर अविश्वासको प्रस्ताव दर्ता गरायो । आफ्नो एक तिहाइ मत पनि छैन । सरकार बनाउन ५० प्रतिशत बढी मत चाहिन्छ,’ । आफ्नो बहुमत नपुगेपछि बाटोमा हिँड्दा थुम्का भेटे पनि देउराली भेटे पनि टाउको टाउकोमा फूलपाती चढाएर हिँड्नुपर्ने अवस्था आएको उनको टिप्पणी थियो ।’
काँग्रेस–माओवादीले आफूहरुसँग दुई तिहाई बहुमत छ भन्दै दुहाई दिएको भन्दै उनले भने,‘त्यसो भए संविधान संशोधन गरे भैगो नि त ।’
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment