भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
असार २२,शरीरको वजन कमगर्ने अनेक थरी तरिकाहरुको बारेमा सुन्नुभएको होला । डाइटिंग गरेर, व्यायाम गरेर तथा योगा गरेर आदिबाट मानिसहरुले जिउको बोसो घटाउने कोसिस गर्दछन् ।
तर बेलायतकी एक महिला भने वजन घटाउन अनौठो तरिकाको सहारा लिन्छिन् । उनको त्यो तरिका सुन्दैमा डरलाग्दो छ । ती महिला जिउको तौल घटाउन भन्दै घण्टौसम्म जुकालाई जिउको रगत चुसाउँछिन् ।
लण्डन निवासी ती महिलाको नाम हो एलेक्स बोगातिरिवो । उनले घरमा प्रसस्तै जुका पालेकी छिन् । जुकालाई आफ्नो शरीरमा घण्टौँसम्म राख्छिन् र रगत चुस्त दिन्छिन् । जुकालाई नै रगत चुसाएर आफुले अहिलेसम्म ५७ किलो तौल घटाइसकेको उनी बताउँछिन् । जिउका अन्य भागमा मात्र होइन अनुहारमा समेत जुकालाई चुसाउँछिन् उनले ।
अनुहारमा जुकालाई चुसाउादा चाउरीपना कम हुने उनको दाबी छ । उनले कहिलेकाहीँ त गिँजामा पनि जुकालाई चुसाउँछिन् । यसो गर्दा दाँत बलियो हुने जिकिर गर्छिन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment