भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार ढाल्न विदेशी चलखेल भएको दाबी गरेका छन् । उनले सरकार ढाल्न ‘दक्षिणतर्फबाट चलखेल’ भएको बताएका छन् ।
आजको कान्तिपुर दैनिकमा खबर छ – रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद् सचिवालयद्धारा बिहीबार आयोजित ‘राष्ट्रिय सुरक्षा गोष्ठी’ उद्घाटनका क्रममा ओलीले सरकार परिवर्तनतर्फ इंगित गर्दै भने, ‘ के भइरहेको छ भनेर मैले भनिरहनु पर्दैन । सबैले टुलुटुलु आँखैअघि देखिरहेका छन् ।’
राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले भने, ‘सरकार परिवर्तनका मिट्रिहरु आफ्ना–आफ्ना बीच भए ठिकै हुन्छ, अलिकति स्वचालित भए पनि हुन्छ । तर व्याट्रीबाट चल्ने खालको छ । यो देशका निम्ति दुःखको कुरा हो ।’khabardabali
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment