भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
तर उनको विगत भने दुःखद छ । एडरको जन्म पोर्चुगलमा भएको होइन । उनी सन् १९८७ को डिसेम्बर २२ मा गिनी–बिसाउमा भएको हो । पश्चिम अफ्रिकी मुलुक गिनी–बिसाउमा जन्मिएका एडरलाई उनका बुवा आमाले पालनपोषण गर्न सकेनन् । उनलाई पोर्चुगलको एक परिवारले अपनायो । उनी पोर्चुगल आए । त्यसबेला उनले व्यवसायिक फुटबल खेल्ने सोचेका थिएनन् । यस्तै पोर्चुगलको राष्ट्रिय टिमबाट खेलेर ऐतिहासिक जितमा गोल गर्ने त परको कुरा । तर उनी व्यवसायिक फुटबलर भए, राष्ट्रिय टिममा परे र युरोकपको फाइनलमा टिम दबाबमा परेका बेला गोल गर्दै हिरो बने । बिबिसीका पत्रकार स्टीभ क्रसम्यानसँगको अन्तर्वार्ताको क्रममा एडरले आफू पोर्चुगलको जितको कारण बन्न पाउँदा खुसी लागेको बताएका छन् । उनले भने ‘आज यो स्थानमा आउँदा मलाई गर्व लागेको छ, मलाई गर्व छ कि म गिनी बिसाउमा जन्मिए, मलाई गर्व छ कि म पोर्चुगलमा छु । मैले मेरो जिन्दगी यहीँ बिताएको छु । यो निकै राम्रो अनुभव हो ।’
एडरले आफूले हानेको बल गोलमा परिणत हुन्छ भन्ने पहिले नै लागेको बताए । गोलपछि उनको चर्चा चुलियो । प्रतियोगिता अघि टिममा रहेका खेलाडीमा उनी सबै भन्दा कम चर्चामा थिए ।
सन् २०१२ देखि राष्ट्रिय टिममा रहेका एडरले आइतबार रातिको गोल अघि २८ खेलमा तीन गोल मात्रै गरेका थिए । तर राष्ट्रिय टिमबाट २९ औं खेल उनका लागि फलदायी बन्यो । विजयी गोल गरे र सबैको चर्चाको विषय बने । उनले युरोकपको फाइनल अघि खेलेका सबै खेल मैत्रीपूर्ण मात्रै थिए ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |



Post a Comment