काठमाडौँ , २५ असार – भारतीय पर्यटकहरु सवार गाडी पर्यटकीयस्थल भेडेटार घुमेर फर्कदै क्रममा दुर्घटनाग्रस्त भई आज एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । भारतीय प्लेटको बि.आर.४३ पि ४२२२ नम्बरको स्कोरपियो भेडेटार बजार नजिककै मध्याह्नको समयमा दुर्घटना भएको हो ।दुर्घटनाग्रस्त गाडी कोशी राजमार्गदेखि करिब १५० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा परी बिहार राज्यको मध्यपुरा जिल्लाका ३८ वर्षीय सुरज सिंहको घटनास्थलमै ज्यान गएको छ, भने ५ जना घाइते भएका छन् ।घाईते मध्ये दुई जना भने नेपाली युवती रहका छन् । घाइतेहरुमा ३२ वर्षीय चालक राजुकुमार सिंह, २२ वर्षीय रोहित कुमार र ३१ वर्षीय प्रभाकर कुमार छन् । घाइतेहरुको टाउकोमा चोट भएपनि सबै खतरामुक्त छन् । उनीहरु सबै विहारको मध्यपुुरा १८ का बासिन्दा हुन् ।
Post a Comment