असार २३, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरले नयाँ फिचर ल्याउने भएको छ । कम्पनीले स्न्यापच्याट जस्तै स्वतः म्यासेज लुकाउने फिचर ल्याउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। यो फिचर आईओएसका लागि ल्याउने उल्लेख गरिएको छ ।
म्यासेन्जरको च्याट विन्डोमा डिस अपियरिङ म्यासेज फिचरलाई अन गरेपछि म्यासेज हराउने छ। उक्त म्यासेज केही समयका लागि लुकाउने वा सधैँका लागि लुकाउने भन्ने विषयमा छनोट गर्ने विकल्प हुने छन्।
कम्पनीले यस फिचरलाई परिक्षण गरिरहेको र यस फिचरको उपलब्धताका बारेमा कम्पनीले कुनै प्रकारको जानकारी नदिएको जनाइएको छ।
Post a Comment