भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
नौ महिनासम्म कोखमा राखेर जन्म दिएको छोराबाट आमाले के आशा गर्ने धेरै बाबुआमाले छोराबाट आत्मसन्तुष्टि चाहन्छन् । तर समाजमा केहि त्यस्ता सन्तान पनि जन्मिन्छन् जसले आफू सुविधासम्पन्न घरमा बसेर आमालाई जंगलमा लगेर अलपत्र छाडिदिन्छन् ।
कान्छा छोरा बुहारीले जंगलमा लगेर छाडेका सुर्खेतकी एक वृद्धाको गाउँलेले उद्धार गरेका छन् र परिवारमा पुनःस्थापित गराएका छन् । साथै छोरा बुहारीलाई सार्बजनिक स्थानमा सजायँ पनि दिएका छन् ।
७२ वर्षीया बाटु अधिकारीलाई उनकै कान्छा छोरा बुहारीले दुई महिना अघि छिमेकी गाविस पोखरीकाँडा ३ को जंगलमा रहेको ओढारमा लगेर छोडेका थिए । स्थानीयले बृद्धा जंगलमा रहेको जानकारी दिएपछि सालकोट गाविसको विशेष पहलमा उद्धार गरेका हुन् ।
आमालाई जंगलमा छाडेका कान्छा छोरा बुहारीलाई गाउँले भेला भएर कान समातेर उठबस गराएका छन् र अबदेखि यस्तो कहिल्यै नगर्ने भनेर माफी समेत माग्न लगाएका छन् । बाटु अधिकारीले जंगलबाट घरमा फर्किन पाएकोमा खुसी व्यक्त गरेकी छन् ।
साल्कोट गाविसका सचिव तिलकराम अधिकारीले जंगलबाट उद्धार गरिएकी ७२ वर्षीया वृद्धालाई जेठा छोरा बुहारीको जिम्मा लगाइएको जानकारी दिएका छन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment