भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ दिनदेखी आमरण अनशनमा बसेका डा गोविन्द केसीको समर्थनमा माइतीघरमा हजारौं भेला भएका छन् । माइतीघरमा भेला भएका डा. केसी समर्थकहरु नयाँ वानेश्वरतर्फ प्रस्थान गरेका छन् ।
सरकारलाई दबाब दिन नागरिकहरुले स्वतस्फूर्त रुपमा प्रदर्शनी आयोजना गरेका हुन् । जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु पर्ने जायज माग राखेर अनशनमा बसेका डा केसीको जीवन रक्षाका लागि प्रदर्शनमा सहभागी भएको प्रदर्शनमा सहभागी रमेश थापाले बताए ।
यसपटकको प्रदर्शन अनौठो खालको देखिएको छ । प्रदर्शनमा बाजागाजासहित नाचगान पनि गरिएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment