भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

भैरहवा, १ साउन । सत्तारुढ दल नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले भारतीय राजदूत रञ्जीत रेलाई कारवाही गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार भैरहवामा पत्रकारहरुसंग कुरा गर्दै नेता पोखरेलले पदिय मर्यादा विपरित सरकार ढाल्न सक्रिय रहेका तथा कुनै एक दलले सरकारबाट समर्थन फिर्ता लिँदा भोजभतेर गर्ने, उफ्रिने राजदूतलाई कारबाहि गर्नुपर्ने धारणा राख्नुभयो । भारतीय राजदूतले मधेसी दलका नेताहरुलाई बोलाएर काठमाडौंको होटल द्धारिकामा भोज खुवाएको कुरा कुटनीतिक मर्यादाको विपरीत भएको उहाँको भनाई छ ।
‘मित्रताको नाममा राष्ट्रियमामाथि कुनै प्रकारको सौदाबाजी हुनेवाला छैन्,’ नेता पोखरेलले भन्नुभयो– ‘नेपालका राजनीतिक दलहरुले सत्ताको लागि कुनै किसिमको पहल कद्मी लिइरहँदा कुटनीतिक नियोगका व्यक्तिले खुसी मनाउनु गलत हो । यदि यस्तो हो भने कारबाही गर्नुपर्छ ।’
स्मरण होस् दुइ दिन पहिले नेपालका लागी भारतीय राजदूत रे ले मधेसी दलका नेताहरुलाई बोलाएर आफ्नो मिसन सफल भएको जनाउदैं खुसी मनाएको समाचार बाहिर आएको छ । उक्त खुसीयालीमा राजदूत रे ले भारतको मिसन अनुसार माओवादीले सरकार छाडेको र अब मधेसबादी दलले संसदमा केपी ओलीको विपक्षीमा मतदान गर्नुपर्नेमा निर्देश गरेको समाचार बाहिर आएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top