भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक भएको छ ।
गत असार चार र पाँच गते भएको भाषा परीक्षाको परिणामअनुसार तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यस वर्षको परीक्षामा ५७ हजार एक सय २९ जनाले सहभागिता जनाए । नेपाललाई कोरियाले तीन हजार एक सय कोटा छुट्याएको थियो । तर परीक्षामा ४१७ जना बढी पास भएका छन् ।
इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले उत्पादनमुलक क्षेत्र र कृषि क्षेत्रमा कति–कति जना पास भए भन्ने जानकारीमा आएको छैन । भाषा परीक्षा उत्तीर्ण गरेका सबैजना कोरिया जाने ग्यारेन्टी भने नहुने बताइएको छ ।
परीक्षाको नतिजा इपीएस नेपाल डट जिओभी डट एनपीमा हेर्न सकिन्छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment