भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
आखिर मानिस कुनै काल्पनिक पात्र अर्थात् भगवान बन्ने भन्ने कुरा कल्पनाको विषय बाहेक केही होइन । तर यो पढ्दा तपाइँलाई अचम्म लाग्नसक्छ की अबका केही वर्षपछि मानिस भगवान बन्नेछ ।
एकजना इतिहासकारका अनुसार केही वर्षपछि मानिसमा भगवान बन्ने तागत पलाउनेछ । २ सय वर्षपछि मानिसले आफुमा दैवी शक्ति जुटाउने ती इतिहासकार बताउँछन् ।
इजरायलको जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयका इतिहासकार युवल नोह हरारीका अनुसार अबको २ सय वर्षपछि पैसावालहरु अाफुलाई आफुले चाहेको लामो समयसम्म जिउँदै राख्न सक्नेछन् ।
बायोटेक्नोलोजी तथा जेनेटिक इन्जिनियरिंगका माध्यमबाट यस्तो चमत्कार हुने दाबी इतिहासकारको छ । यसको खर्च निकै धेरै हुनेछ । यस्तोमा पैसावाल मानिसहरु पैसाले नै जिवन तथा मृत्युलाई काबुमा राख्नसक्ने हरारीको दाबी छ ।
उनका अनुसार २ सय वर्षपछि आधुनिक मानिस यति सक्षम हुनेछ की बायोटेक्नोली तथा जेनेटिक इन्जिनियरिंगको प्रक्रियाका माध्यमबाट ऊ भगवान जत्तिकै शक्तिशालीहुनेछ वा उसमा दैवी शक्ति हासिल हुनेछ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment