भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
नदीमा बाढी आएपछि नदीका दायाँबायाँका धेरै भागमा क्षति पु¥याउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डको जम्बुमा ५० मिटर सडक कटान गरेको र विभिन्न ठाउँमा आएको पहिरोले यातायात ठप्प भएको छ । तातोपानी क्षेत्रमा पानी परिरहेको र चीन तर्फबाट बाढी आएकाले नदी बढेको हुन सक्ने प्रजिअ दुवाडीले बताउनुभयो ।
हालसम्म मानवीय क्षतिको जानकारी नआएको र विस्तृत विवरण आउन बाँकी रहेको छ । अहिले पानीको सतह घटेपनि सामान्यभन्दा डेढ मिटरमाथिबाट नदी बहेको प्रजिअ दुवाडीले जानकारी दिनुभयो । गएराति एक्कासि नदी बढेपछि तातोपानीदेखि सुकुटेसम्मको ६३ किलोमिटर क्षेत्रमा पर्ने नदी किनारमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क गराइएको सुरक्षा निकायले जानकारी दिएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |



Post a Comment