भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
हुन् ब्रिटेनकी सबैभन्दा धनाढ्य किशोरी, स्कूल जाँदा हेलिकप्टरबाट ओर्लिएपछि बुलेटप्रुफ कार चड्छिन्
एजेन्सी–हिजोआज सोफिया अब्राहोभिच नामकी १८ बर्षीया एक युवती निकै चर्चामा छिन् । उनी कुनै मोडेल वा सेलिब्रेटी भने होइनन् । उनलाई अहिले ब्रिटेनकी सबैभन्दा धनी र सौखिन किशोरी रुपमा लिइएको छ । जानकारी रहोस्, सोफिया रसियन अरबपति तथा चर्चित फूटबल क्लब ‘चेल्सी एफसी’का संस्थापक रोमन अब्राहोभिचकी छोरी हुन् ।
डेलीमेलको एक रिपोर्टअनुसार, सोफिया हेलिकप्टरबाट स्कूल जाने गर्दथिइन् । उनले लन्डनको ‘गाडोल्फिन एण्ड लेटेमर स्कूल’मा पढेकी हुन्, जहाँको बार्षिक शुल्क नेपाली झन्डै २३ लाख छ । सोफिया र उनकी दिदी एना बैटरसीसँग हेलिपोर्टसम्म हेलिकप्टरमा जाने गर्दथिइन् । यतिमात्र होइन, हेलिकप्टरले छोडेपछि उनलाई बुलेटप्रुफ गाडीमा स्कूलसम्म छोडिदिन्थिन्, उनकी दिदीले ।
सोफिया अहिले कलेज पनि बुलेटप्रुफ कारमै जान्छिन् । कारमा बर्डीगाड पनि तैनाथ गरिएको छ । थिएटर वा म्युजियम, जहाँ जान्छिन्, उनी बडीगार्डले घेरिएकी हुन्छिन् । यतिमात्र होइन, किडन्यापको खतरालाई मध्यनजर गर्दै प्रत्येक हप्त मोबाइल नम्बर पनि चेन्ज हुन्छ । सोफिया रोमन अब्राहोविकका सात सन्तानमध्ये एक हुन्, जो लन्डनमा बस्छिन् ।
अरबपति रोमनको लन्डनमा दुई घर बेलग्रेभिया र चेस्टर स्क्वेयरमा छन् । यद्यपी, सन् २००७मा रोमन र सोफियाकी आमा इरिनाको सम्बन्ध बिच्छेद भइसकेको छ । तर, सोफियालाई आफ्नो बुबाप्रति निकै लगाव छ । ब्रिटेनमा रोमनले आफ्नी छोरी सोफियालाई ती हरेक सुख–सुविधा दिएका छन्, जुन हाम्रो सोचभन्दा बाहिर पर्छ ।
सोफियालाई घोडसवारीको निकै सौख छ । उनीसँग ‘बग्सी’ र ‘रेनबो’ नामका दुई घोडा छन् । तीमध्ये एउटा घोडाको मुल्य मात्रै ५ करोड रुपैयाँ छ । प्रत्येक नयाँबर्षको पार्टीमा २ करोड खर्च गर्ने गर्दछिन् । सोफियाको सामाजिक सञ्जालमा चर्चित फुटबलर डेबिट बेकह्याम छन् । हालै सोफियाले आफ्नो फेसबुक प्रोफाइल पिक्चर परिवर्त गरेकी छिन्, जसमा उनले स्विममिङ सुट लगाएकी छिन्, जसको मुल्य ३२ हजार रुपैयाँ छ ।
एक इन्स्टाग्राम प्रयोगकर्ताले सोफियाको फिगरको मजाक उडाएपछि उनले स्न्टाग्राम नै प्रयोग गर्न छोडिन् । उनले एक स्ट्याटसमा लेखिन्, ‘मलाई थाहा छ, कि म एक मोडल सुन्दरी जतिको सुन्दर र फिट बन्न सक्दिन, तर यो कमेन्टबाट म आँफू र आफ्नो शरीरलाई लिएर अझबढी सर्तक बनेकी छु ।’
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |



Post a Comment