भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

वि.सं. २०७३ साल साउन २३ गते । आइतबार । इश्वी सन् २०१६ अगष्ट ७ तारिख । हेर्नुहोस् आजको राशिफल,

रामबाबु लुइटेल / ओएस नेपाल

१, मेष :- आफ्नो प्रभाव तथा प्रभुत्व कायम गर्न सफल हुनु हुनेछ l कुनै एक महत्वपुर्ण कुरामा आफ्नो मन एकत्रित हुनेछ र शान्त भएर विचार पुरयाउनु होला सबै ठिक हुनेछ l अरुको सर-सल्लाहलाई बिशेष महत्व दिनुहोला l प्रेम र सद्भाव पनि मिल्नेछ l स्वास्थ्य राम्रो हुनेछ l

२, वृष :- सोचेको सबै काम पुरा हुने दिन रहेको छ l आफुले बनाएका योजनाहरु फाइदाजनक हुनेछन l परिवार तथा साथीभाईका साथ् कुनै नयां कार्य पनि गर्नुपर्ने हुनसक्ला l कुनै नयां राम्रो कार्य तथा योजनाको लागि पनि दिन शुभ रहेको छ l कुनै समस्याको समाधान पनि हुनेछ l कार्यक्षेत्रमा सहयोगीहरु द्वारा मदत पनि मिल्नेछ l स्वास्थ्य राम्रो हुनेछ l

३, मिथुन :- मन भित्र भएका भावनाहरु प्रस्फुटन हुनेछन l कुनै समस्याहरु पनि आउन सक्लान तर समयमै ठिक हुनेछन l आफ्नो लक्ष्यमा पुग्न केहि मिहेनतका साथ अघि बढ्नुहोला , सफल हुनेछ l धन लाभ हुने योग पनि रहेको छ l ब्यापारमा सफलता मिल्नेछ l नोकरीमा जिम्मेवारी तथा पदोन्नति हुनसक्ला l स्वास्थ्यको ख्याल राख्नु होला l

४, कर्कट :- आजको दिन आफ्नो कार्यक्षेत्रमा सुधारमा बित्नेछ l काम गर्ने नयां तरिकाहरु पनि अवलम्बन गर्नु पर्नेछ l आकष्मिक रुपमा कुनै योजना पनि बन्नेछ र जसले आफुलाई फाइदा पनि मिल्नेछ l आफ्नो मनमा भएको भावना लाई ब्यक्त गर्नु भएमा शान्ति मिल्नेछ l प्रेम तथा दाम्पत्य जीवन सुखमय रहेको छ l दुश्मनसंग सावधानी अपनाउनु होला l पेट दुख्न सक्ला l

५, सिंह :- कुनै कार्य योजना प्रति आफ्नो तिब्र ईक्षाले मनमा जरो गाड्नेछ र उक्त कार्य गर्दा फाइदा पनि हुनेछ l कुनै ठुलो योजना गर्दा र आर्थिक लगानी गर्दा सोचविचार गरेर गर्नुहोला l नोकरीमा उत्साहजनक स्थिति हुनेछ र काममा मन खुब लग्नेछ l विद्यामा सफलता मिल्नेछ l पुरानो रै- रकम पनि प्राप्त हुनेछ l पारिवारिक सद्भाव पनि बढ्ला l पेट दुख्न सक्नेछ l

६, कन्या :- आजको दिन तपाईं जति मिहेनत गर्नु हुन्छ , उति नै फाइदाजनक हुनेछ l नोकरीमा तलव बढ्ने तथा पदोन्नति हुने सम्भावना पनि रहेको छ l आफ्नो ब्यबहारमा अलि लचकता पनि अपनाउनु होला l आज धन दौलत सम्बन्धि कार्यमा अलि ध्यान दिनुहोला l घर तथा व्यापारबाट धन लाभ हुनसक्नेछ l व्यापारमा फ़ाइदमुलक सम्झौता पनि हुनेछ l

७, तुला :- दैनिक कृयाकलापमा सकारात्मक परिवर्तन हुनेछ l इमान्दारिता ,धैर्य ,र दृढ रुपमा अघि बढ्नु होला सबै सकारात्मक हुनेछ l कुनै असहज परिस्थितिमा पनि धन लाभ हुनेछ l खर्चलाई नियन्त्रण गर्नुहोला l पारिवारिक विवादको समाधान हुनेछ l रोकिएको धन प्राप्त हुनेछ l सम्बन्ध बिस्तारमा सफलता मिल्नेछ l निन्द्राको कमिले थकानले सताउला l

८, वृश्चिक :- नोकरी र व्यवशायिक सफलताको लागि केहि समय लाग्न सक्नेछ l कुनै जिम्मेवारी पनि वहन गर्नुपर्ला l जीवनको कुनै क्षेत्रमा परिवर्तन पनि आउन सक्नेछ र आज गरेको निर्णयले अनन्त सम्म प्रभाव पर्न सक्नेछ l धन लाभको पनि योग रहेको छ l ब्यबसाय बिस्तारको योजना पनि बन्न सक्ला l स्वास्थ्य राम्रो रहने छ l

९, धनु :- आफ्नो ध्यान आफूमै केन्द्रित गर्नु हुनेछ l सम्बन्धको बारेमा भैरहेका समस्याहरुको पनि समाधान हुनेछ l पैसा तर्फ़ ध्यान केन्द्रित हुनेछ l अनावश्यक खर्च पनि हुन सक्नेछ l बोल्दा विचार पुर्याएर बोल्नुहोला l कुनै यात्राको सम्भावना पनि रहेको छ l ब्यापारिक निर्णय गर्दा सोचेर मात्र गर्नुहोला l शारीरिक अवस्था राम्रो हुनेछ l

१०, मकर :- नयां कामको अवशर मिल्नेछ l कामकाजमा ब्यस्त रहनुपर्ला र सबैतिरबाट सहयोग मिल्नेछ l पुरानो समस्याबाट छुटकारा पनि मिल्नेछ र राहतको महशुस पनि हुनेछ l धेरैजनाको दृष्टि तपाईंमा हुनेछ l बोलीचाली तथा ब्यबहारमा ध्यान दिनुहोला l दाम्पत्य जीवन शुखमय रहनेछ l ब्यापारिक कुनै सम्झौता पनि होला l टाउको तथा पेटको रोगले सताउन सक्ला l

११, कुम्भ :- प्रेममा सफलता र सन्तोष मिल्नेछ l घरपरिवार र साथीभाईसंग आपसी सद्भाव बढ्नेछ l कुनै काम आफु एक्लैले सम्पन्न गर्नुपर्नेछ l नोकरी तथा ब्यबशायमा पदोन्नति तथा सम्मान को पनि सम्भावना रहेको छ l कुनै यात्रा पनि गर्नुपर्ला l पुराना साथीभाईसंग भेटघाट पनि हुनसक्नेछ l ब्यापारमा सामान्य लाभ मिल्नेछ l स्वास्थ्य सामान्य रहनेछ l

१२, मीन :- कुनै ठुलो जिम्मेवारी आज बहन गर्न पर्न सक्छ र भाग्यले साथ पनि दिनेछ l धन पनि सजिलै प्राप्त हुन सक्नेछ l नोकरी तथा ब्यबशायमा कुनै निर्णय गर्नु पर्ने भएमा दिन शुभ रहेको छ l कुनै आर्थिक क्षेत्र सुधारको नयां योजनाहरु पनि बन्न सक्नेछन l जीवनसथिबाट सहयोग मिल्नेछ l स्वाशप्रश्वाश तथा घाँटीको समस्याले सताउनसक्ला l

***********************************************

(भाग्य भन्दा कर्म बलियो हुने हुनाले आफुले आँटेका काममा ध्यानपूर्वक लाग्नुहोला, अवश्य सफलता प्राप्त हुनेछ: ओएस नेपाल डटकम)

आज तपाईँको दिन मंगलमय रहोस् यहि शुभकामना । ओएस नेपाल डटकम कामना गर्दछ की तपाईको लागि आजको दिनमा विशिष्ट मुहूर्त हुनेछ । तपाईले वाहन खरिद गर्ने विचार गर्नुभएको छ अथवा कुनै नयाँ कामको विचार गर्नुभएको छ भने आज सफलता मिलोस् ।

ज्योतिष एवं धर्म को दृष्टि बाट यो दिनको विशेष महत्व छ । मुहूर्त तथा चौघडिको आधारमा ओएस नेपाल डटकम तपाईको लागि प्रतिदिनको मुहूर्त प्रस्तुत गर्नेछ

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top