भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

करिब ७५ लाख रुपैयाँको लगानीमा दाङको सौडियार–१ जजरागाँउमा सावुन उद्योग सञ्चालनमा आएको छ। बैदेशिक रोजगारवाट फर्किएका चार जना युवाहरुले संयुक्त लगानीमा ‘ए एण्ड पि ब्रदर्श सप इण्डष्ट्रिज प्रालि’ नामक सावुन उद्योग सञ्चालनमा ल्याएका हुन्।
करिव पाँच कट्ठा क्षेत्रफलमा स्थापना भएको उद्योगको प्रतिघन्टा पाँच सय वटा सावुन उत्पादन गर्ने क्षमता छ। उद्योगले आफ्ना उत्पादहरु बजार पठाइसकेको छ। उद्योग सञ्चालक शिवराज पौडेलले कपडा धुनका लागि आवश्यक पर्ने सावुन जिल्लावाटै उत्पादन गर्न थालिएको जानकारी दिए।
दाङको बजार सहित राप्ती अञ्चललाई लक्षित गरी उद्योग स्थपाना गरिएको उनले बताए। तत्काललाई कपडा धुने सावुनहरु मात्रै उत्पादन गर्दै आएको उद्योगले निकट भविष्यमा डिटरजेन्ट पाउडरका साथै भाँडा माझ्ने सावुनको उत्पादन गर्ने तयारी गरिरहेको अर्का सञ्चालक सुनिलकुमार अधिकारीले बताए।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top