भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
एजेन्सी । बलिउड चर्चित नायक सलमान खान र उनकी प्रेमीका युलिया वन्तुरको प्रेम सम्बन्ध उत्कर्षमा छ । विबाहको तयारी उत्कर्षमा रहेको भनिएका बेला हाल सलमान फिल्म ‘ट्युबलाइट’ को सुटिङमा ब्यस्त छन् । जसमा सलमान आफुभन्दा १८ वर्ष कान्छी चिनियाँ नायिका जू-जू संग रोमान्स गर्ने तयारीमा छन् ।
यसैबिच सलमानको ‘ट्युबलाइट’ को सुटिङ स्थलमा नै उनकी प्रेमीका युलिया भन्तुर पुगेपछि के सलमानले विबाहका लागी कुरा फाइनल त गरेका होइनन् भन्ने आशंका भारतीय मिडियाले गरेको छ ।
सुटिङ स्थलमा सलमानका साथमा गर्लफ्रेन्ड युलिया भन्तुर र उनका आमाबाबुसहितका तस्विरहरु बाहिरिएका छन् ।
सुटिङ सेटबाट नै सार्वजनिक तस्विरमा सलमान आफ्ना हुने वाला सासु ससुरासँग गफिइरहेका देखिन्छन् । कबीर खाना निर्देशित सलमानको ‘ट्युबलाइट’ सन् २०१७ को ईदमा रिलिज हुने तयारीका साथ छायांकन भइरहेको छ ।
Medianp
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment