भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
साउन २९ – ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा कायम छ । अमेरिकाले अहिलेसम्म २० स्वर्ण, १३ रजत र १७ कास्य गरी ५० पदक जितेको छ । कुल ३७ पदक जितेको चीन दोस्रो स्थानमा छ । चीनले अहिलेसम्म १३ स्वर्ण, १० रजत र १४ कास्य गरी ३६ पदक जितेको छ । सात स्वर्ण, ९ रजत र ६ कास्य गरी २२ पदक जितेको बेलायत तेस्रो तथा सात स्वर्ण, तीन रजत र १४ कास्य गरी २४ पदक जितेको जापान चौथो स्थानमा छ ।
६ स्वर्ण, तीन रजत र चार कास्य गरी १३ पदक जितेको दक्षिण कोरिया पाँचौं, ६ स्वर्ण, तीन रजत र दुई कास्य गरी ११ पदक जितेको जर्मनी छैटौं, पाँच स्वर्ण, ९ रजत र ८ कास्य गरी २२ पदक जितेको रुस सातौं, सात रजत र पाँच कास्य गरी १७ पदक जितेको फ्रान्स आठौं स्थानमा छ ।
यस्तै पाँच स्वर्ण, ६ रजत र सात कास्य गरी १८ पदक जितेको अस्ट्रेलिया नवौं तथा दशौं स्थानको हंगेरीले पाँच स्वर्ण, तीन रजत र तीन कास्य गरी ११ पदक जितेको छ ।
इटालीले चार स्वर्ण, ७ रजत र चार कास्य गरी १५ पदक जितेको छ । स्पेनले तीन स्वर्ण र दुई कास्य गरी पाँच, क्यानडाले दुई स्वर्ण, दुई रजत र ६ कास्य गरी १०, काजकस्तानले दुई स्वर्ण, दुई रजत र तीन कास्य गरी सात, नेदरल्याण्डस्ले दुई स्वर्ण, दुई रजत र दुई कास्य गरी ६, थाइल्याण्डले दुई स्वर्ण, एक रजत र एक कास्य गरी चार, स्वीट्जरल्याण्डले दुई स्वर्ण र एक कास्य गरी तीन तथा क्रोएसियाले दुई वर्ण पदक जितेका छन् ।
न्युजिल्याण्ड, उत्तर कोरिया, स्वीडेन, ब्राजिल, बेल्जियम, स्लोभेनिया, कोलम्बिया, स्लोभाकिया, भिएतनाम, चाइनिज ताइपेइ, पोल्याण्ड, चेक गणतन्त्र, इथियोपिया, ग्रिस, अर्जेन्टिना, फिजी, इरान, कोसोभो, सिंगापुर, रोमानिया र स्वतन्त्र ओलम्पिक एथ्लेट्सले पनि एक एक स्वर्ण जितेका छन् । अहिलेसम्म ६३ देशले पदक जितेका छन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment