भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
भक्तपुर । गत बैशाख १२, १३ र २९ गतेको भूकम्पबाट क्षति भएका केही जिल्लाका विद्यालयहरुको भवन पुननिर्माण तथा जिर्णाेद्धारको लागि एसओएस वालग्राम नेपालले गरेका कामको स्थलगत निरीक्षणका लागि एसओएस वालग्राम अन्तर्राष्ट्रियका अध्यक्ष सिद्धार्थ कौल नेपाल आएका छन् । उनको साथमा एसओएस वालग्राम अन्तराष्ट्रियको एशिया क्षेत्रीय कार्यालयकी निर्देशक शुभा मुर्ति पनि सहभागी छिन ।
४ दिने नेपाल बसाईका क्रममा उनले सिन्धुपाल्चोकको भिमटारस्थित भिमेश्वरी उमाविको निर्माणाधिन विद्यालय भवनको अवलोकन गरे । त्यहाँ ७०० विद्यार्थी अध्ययनरत छन । यसका साथै एसओएस वालग्राम नेपालद्धारा सञ्चालित दिवा शिशुस्याहार केन्द्रको पनि अवलोकन गरेका थिए । उनलाई एसओएस वालग्राम नेपालका राष्ट्रिय अध्यक्ष प्रा.डा विश्वकेशर मास्के, राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्ग तथा एसओएस वालग्रामको एमरजेन्सी रेस्पोन्स प्रोग्राम कोअर्डिनेटर रमेश ताम्राकारले त्यहाँको वस्तुस्थिति बारे बताएका थिए ।
एसओएस वालग्राम नेपालले भिमटार गाविसको वडा नं ६, ७ र ८ मा १६० वटा पारिवारीक घर बनाउने प्रकृया अगाडी बढाएको छ भने सो गाविसका १, ६, ७, ८ र ९ का २०० घरधुरीका लागि भूकम्पपीडतहरुका लागि जीविको पार्जनका लागि आर्थिक सहयोग गर्दै आएको राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्गले बताए । पुननिर्माण प्राधिकरणको स्विकृति लगत्तै एसओएस वालग्राम नेपालले स्थानीय वासिन्दालाई आवश्यक प्राविधिक तालीम दिएर आगामी दशैं लगत्तैदेखि ती पारिवारिक घरको निर्माण कार्य शुरु गर्ने पनि उनले बताए ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment