भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
साउन २९ – अमेरिकाका एन्थोनी एरभिन ओलम्पिकमा स्वर्ण पदक जित्ने सबै भन्दा बढी उमेरको पौडी खेलाडी बनेका छन् । अमेरिकाका ३५ वर्षका एरभिनले शनिबार बिहान भएको पुरुष ५० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेर कीर्तिमान बनाएका हुन् । एरभिनले २१ दशमलव ४० सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण पदक जितेका हुन् । २१ दशमलव ४१ सेकेण्डमा दूरी पूरा गरेका फ्रान्सका फ्लोरेन्ट मानाउडोउले रजत तथा २१ दशमलव ६८ सेकेण्डमा दूरी पूरा गरेका अमेरिकाका नाथन एड्रिएनले कास्य पदक जिते । एरभनिले सन् २००० को सिड्नी ओलम्पिकमा १९ वर्षको उमेरमा यही स्पर्धामा संयुक्त रुपमा स्वर्ण पदक जितेका थिए । तर २३ वर्षको उमेरमा खेलबाट टाढा भएका थिए । उनी सन् २०१२ को लण्डन ओलम्पिकमा खेलमा फर्किए । त्यसबेला उनी ५० मिटर फ्रिस्टाइलमा पाँचौं स्थानमा रहेका थिए ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment