भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
साउन-२६, के तपाइलाई आफुमा यौन सक्ती कम भएको महसुस हुन्छ? अथवा सहबास पछि कम्जोरि बनेको वा आफ्नो पाटनरलाई पुर्ण सन्तुस्टि दिन नसकेको आभाष हुन्छ? यस्तो हुन्छ भने तपाईको लागि निम्न उपाय हरु उपयोगी बन्न सक्छन ।
१. चिन्तामुक्त रहने
के हुन्छ ? कसरी हुन्छ ? जस्ता कुनै पनि प्रकारका यौन अपेक्षाबाट आफ्नो दिमागलाई पूर्ण तरिकाले मुक्त राख्नुस् । सेक्सका बेला कुनै पनि प्रकारको चिन्ता या दबाब महशुस नगर्ने । यदि तनाव हुन्छ भने ध्यान गर्नुस् र आफ्नो मूड बदल्नुस् । साथै, राम्ररी निद्रा पर्ने गरी सुत्नुपनि स्वास्थ्यका लागि आवश्यक छ ।
२. लुब्रिकेशनको प्रयोग
‘द जर्नल अफ सेक्सुअल मेडिसिन’ को एक अनुसन्धानअनुसार जो पु्रुष लुब्रिकेशन र कण्डम प्रयोग गर्छन्, उनीहरु बढी समयसम्म यौन सुखको आनन्द उठाउन सक्छन् ।
३. आफूलाई सीमितमा नबाँध्नुस्
हप्तामा एकपटक, महिनामा एकपटक जस्तो तरिकाले आफूलाई यौन मामलामा सीमित नराख्नुस् । बरु पटक–पटक सेक्स गर्नुस् । यसबाट लामो समयसम्म तपाईंको स्टामिना बनाउन सकिन्छ ।
४. सक्रिय रहनुस्
यौन क्रियामा धेरै ऊर्जा र मिहिनेत चाहिन्छ । यो ऊर्जा तपाईंलाई नियमित व्यायाम गर्नाले मात्र मिल्छ । व्यायाम गर्नाले तपाईंको स्टामिनामात्र नभई रक्त सञ्चालन पनि राम्रोसंग हुन्छ ।
५. रक्सीबाट टाढै रहनुस्
यदि तपाईं सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने रक्सी तथा अल्कोहलमिश्रित पेयपदार्थबाट टाढै रहनुस्, यसको सेवनबाट शरीर कमजोर हुन्छ ।
६. खानामा प्रोटीन समावेश गर्नुस्
प्रोटीनको मात्रा बढी भएको खाना खाने गर्नुस् । अण्डाको सेतो भाग, दूध, दूधबाट निर्मित चिज, माछा, कुखुराको मासु आदिमा काफीमात्रामा प्रोटीन पाइन्छ ।
७. सन्तुलित आहारा खानुस्
यौनशक्ति बढाउन खानपानमा पनि पूरा ध्यान दिनुपर्छ । खानामा चिल्लो भएको पदार्थ सामेल गर्नुपर्छ । यसका साथै फलफुल तथा तरकारी बढी खानुपर्छ । शरीर स्वस्थ रहे शारीरिक र मानसिक दुवै शक्ति बढ्छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment