भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन २६,ब्राजिलको रियो दि जेनेरियो शहरमा जारी ३१औं गि्रष्मकालिन ओलम्पिकमा आयोजकलाई रंगशालामा दर्शक बटुल्न हम्मेहम्मे परेको छ । ओलम्पिक सुरु भएको एक साता हुन लाग्दा लगभग सबैजसो खेलमा दर्शक सङख्या अत्यत्नै न्यून देखिन्छ ।
अझ कम लोकप्रिय भनेर बिहानी सत्रमा खेलाइएको खेलमा त झन दर्शन उपस्थिति दयनीय देखिन्छ । यद्यपि आयोजकले भने ८२ प्रतिशत टिकट बिक्री भइसकेको दाबी गरेका छन् ।
आइतबार साँझ भारत्तोलनको खेल हुँदै गर्दा रंगशालामा आधा मात्र दर्शकको उपस्थिति थियो । जवकि सोमबार बिहान महिला रग्वी सेभेनमा डेओडोरो रंगशालामा केवल एक हजारको सङख्यामा भीड लागेको थियो ।
कायकिङ प्रतियोगितामा तुलनात्मक रुपमा केहि भीड देखिएको थियो भने पछिल्लो दुई दिनमा साइक्लिङमा पनि शहर भित्रको खुल्ला स्थानमा थुप्रै हजार समर्थक भेला भएको देखिएको थियो ।
ओलम्पिकका टिकेटिङ प्रमुख डोनोभन फेर्रेटीले भने रंगशाला खाली हुनुको कारण एकै स्थानमा धेरै खेल हुनु भएको तर्क गरेका छन् । ‘हामीसँग धेरै दुई सत्रका टिकटहरु छन्’ उनले भने, ‘मानिसहरु एक सत्रका खेलहरु हेर्छन्, र केहि दोस्रो सत्रका खेलहरुमात्र हेर्न पनि आउँछन् ।’
आयोजकले घरेलु समर्थकलाई कुनै बिशेष व्यवस्था गरेको छैन । त्यसमाथि ब्राजिलले अहिलेसम्म जुडोमा एक स्वर्ण र सुटिङमा एक रजत जितेको छ । आफ्ना खेलाडीको कमजोर प्रदर्शन र बिशेष व्यवस्था नहुनु ले पनि घरेलु समरेथ रियो ओलम्पिकप्रति आकर्षित देखिएका छैनन् ।
ब्राजिलको सबैभन्दा लोकपि्रय खेल फुटबलमा पनि घरेलु टोलीको प्रदर्शन उल्लेखनीय रहन सकेको छैन । ब्राजिलले एकपछि अर्को बराबरी खेलिरहेको छ । दक्षिणच अफि्रका र इराक ब्राजिललाई बराबरीमा रोक्ने टोली हुन् ।
आयोजक मुलुकका हरेक खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको हेर्न र रंगशाला आएर खेल हेर्नेहरुको सङख्या बढेको हेर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी निक्कै उत्सुक छ । कतिपय खेलका टिकटहरु सम्बन्धित खेलका प्रायोजकले ओगटेर बस्ने भएकाले पनि दर्शकको उपस्थिति उल्लेख्य हुन नसकेको तर्क कतिपयको छ ।
अर्को कुरा ब्राजिलमा अहिले मुख्य समस्याको रुपमा रहेको जीका भाइरसका कारण पनि ब्राजिल बाहिरका खेल समर्थक रियो जान हिच्किचाइरहेको बताइन्छ । यद्यपि ब्राजिलले ओलम्पिक हेर्न आउने समर्थकको स्वास्थ्यको ग्यारेन्टी लिने बताएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top