भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
काठमाडौं, २९ साउन । अमेरिकाको वासिङ्टन विमानस्थल नजिकै भएको सानो किसिमको जहाज दुर्घटनामा कम्तिमा ६ जनाले ज्यान गुमाएका छन् ।
साहान्नोन विमानस्थलमा अवतरण गर्ने क्रममा शुक्रबार यो दुर्घटना भएको हो । कोलम्बिया जिल्लाबाट ५० माइल दक्षिण पश्चिमस्थित यो विमानस्थलमा अवतरण गर्ने प्रयामा विमान दुर्घटनामा परेको हो ।
अमेरिकाको समयअनुसार १२ बजेर ३० मिनेटमा विमानस्थलमा अवरण प्रयासमा रहेको यो विमान नजिकैको रुखमा ठोक्किएर भुइँमा बजारिएको थियो ।
प्रहरीले ६ जनाको मृत्यु भएको बताएपनि विमान आगो लागेर ध्वस्त भएकाले त्यसमा सवार यात्रुको संख्याबारे एकीन नभएको जनाएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment