भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
टोकियो (जापान), २५ साउन । चीनले जापानको सीमाक्षेत्रमा सैन्य टोलीसहित पानीजहाज तैनाथ गरेको छ ।
यसबारेमा जापानका विदेश मन्त्री फुमियो किसिदाले जापानका लागि चिनियाँ राजदूतलाई बोलाएर चीन–जापान सिमास्थित विवादित टापूमा पानी जहाजको अनावश्यक आहोरदोहोर भएको भन्दै चासो व्यक्त गरेका छन् ।
पूर्वी चिनियाँ समूद्रि इलाकामा रहेको केही विवादास्पद टापू वरपर चिनियाँ सामुद्रिक सुरक्षागार्डसहित केही दिनदेखि पानी जहाजको सङ्ख्या अस्वभाविक रुपमा वृद्धि भएकोम मन्त्री किसिदाले ध्यानाकर्षण गराएका हुन् ।
उक्त क्षेत्रमा चीनले सामुद्रिक सुरक्षा गार्डसहितको १३ वटा पानी जहाज तैनाथ गरिएको जापानको दावी छ ।
किसिदाले जापानका लगि चिनियाँ राजदूत चेङ योङघुवालाई पानी जहाजले उक्त स्थान तत्काल छोडेर अन्यत्र जान पहल गर्न आग्रह गरेका छन् ।
यद्यपि चिनियाँ राजदूतले चीन सीमाक्षेत्रमा पानी जहाजको सङ्ख्यामा वृद्धि गर्न नचाहेको बताउँदै पूर्वी चीनको केही टापू वरपर चिनियाँ माझीले पानी जहाज रोकेर माछा मार्ने गरेको स्पष्टिकरण दिएका छन् ।
राजदूतले चीनले उक्त स्थानमा थप समस्या आउन नदिन चीनको पहल रहने बताए । एजेन्सी
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment