भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
बिस्फोट कसले गरायो खुल्न सकेको छैन्। तर, बिस्फोटनमा खेलाडी तथा सर्वसाधारण कोही पनि घाइते नभएको बताइएको छ। थप जानकारी अझ आउन बाँकी रहेको सञ्चारमाध्यमले जनाएका छन्।
घटनास्थलमा बम डिस्पोजल टोलीलाई तत्कालै परिचालन गरिएको छ। यसअघि रियो ओलम्पिकको उद्घाटन हुँदा ब्राजिलका सर्वसाधारणहरूले रियोस्थित माराकाना रंगशालाको बाहिर बसेर शान्तिपूर्ण विरोध गरेका थिए। विरोधीहरूलाई धपाउन प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको थियो। उनीहरूले देश चरम आर्थिक दुरावस्थाबाट गुज्रिरहेको बेला ओलम्पिकजस्तो खर्चिलो प्रतियोगिताको आयोजना गरेको भन्दै विरोध गरेका थिए।
ओलम्पिकको उद्घाटन सत्रमा रंगशालाभित्र रहेका स्थानीय ब्राजिलीहरूले कार्यवाहक राष्ट्रपतिविरूद्ध चर्को हुटिङ गरेका थिए। आयोजक कमिटीले विरोधको स्वरलाई दबाउन रंगशालाभित्र संगीतको सहारा लिनु परेको थियो।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment