भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

हिरोपन्थीबाट बलिउडमा धमाकेदार डेब्यू गरेका अभिनेता टाइगर श्राफको तेस्रो फिल्मका रूपमा 'अ फ्लाइङ् जट' रिलिज हुँदैछ। फिल्ममा उनी पहिलोपटक सुपरहिरो बन्दैछन्।
यतिबेला उनी फिल्मको प्रचारमा व्यस्त रहेका छन्। हालै प्रचारका सिलसिलामा रहेका टाइगरले आफू आफ्नी आमासँग असाध्य डराउने खुलासा गरेका छन्।
'म घरबाहिर थुप्रै काम गर्छु। मेरो घरमा मेरी आमा सुपरोहिरो हो। म मेरो यस फिल्मको चरित्रजस्तै छु। दुबैजना आफ्नी आमादेखी डराउने। म उहाँले भनेका सबै कुरा सुन्छु। म भन्दा उहाँ नै बलियो हुनुहुन्छ', उनले भने।
फिल्म रेमो डिसुजाको निर्देशनमा बनेको हो। फिल्म २५ अगस्टमा रिलिज हुँदैछ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top