भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
एजेन्सी, साउन २६। रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडीका रुपमा संसारभर चर्चित भएकी नेपालकी जलपरी गौरिका सिंहले ‘स्वीम सुट’ च्यातिएका कारण आफूले सोचे अनुसारको प्रदर्शन गर्न नसकेको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
जलपरी गौरिकाले स्विमिङ प्रतियोगीतामा भाग लिनुअगाडी नै स्वीम सुट च्यातिएपछि आफू अन्यौलमा परेको बताएकी हुन्।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गौरिकाले लन्डनमा रहेका आफ्ना नियमित प्रशिक्षकलाई तत्कालै म्यासेज गरिन् र आफ्नो पोशाक च्यातिएको जानकारी दिइएकी थिइन्। उनले प्रशिक्षकलाई आफ्नो पोशाक च्यातिएको र प्रतिस्पर्धामा जाने वा नजाने भनेर सोधेकी थिइन्। जवाफमा उनका प्रशिक्षकले पोशाक परिवर्तन गरेर जान भनेका थिए।
समाचार एजेन्सीहरुका अनुसार गौरिकाले आफ्नो स्वीम सुट माथि तान्ने कोसिस गरिरहँदा उनको नङले प्वाल पारेको थियो। सय मिटर ब्याक स्ट्रोकमा प्रतिस्पर्धामा उत्रिएकी गौरिकाले अर्को चरणमा स्थान बनाउन नसके अन्तराष्ट्रिय सञ्चारमाध्ययमा छाउन सफल भएकी छिन्। विश्वभरका मिडियाले उनो खुलेर प्रशंसा गरेका थिए।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment